आर्थिक सहयोगको लागि अपिल।

आर्थिक सहयोगको लागि अपिल।

आर्थिक सहयोगको लागि अपिल।

भोटेकोशी नदीमा हालै आएको भीषण बाढीका कारण नेपालको रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायत जिल्लाहरूका प्रभावित नागरिकहरूको उद्वार, खोज, राहत वितरण लगायत मानवीय तथा भौतिक क्षतिको विवरण संकलनको कार्य नेपाल सरकारले प्राथमिकताका साथ गरिरहेको छ। यसका अतिरिक्त विपद् प्रभावितहरूको तत्कालिन व्यवस्थापन तथा दीर्घकालिन पुनर्स्थापना र पुनःनिर्माणका लागि नेपाल सरकार (मन्त्रिपरिषद्‍) को निर्णयानुसार सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग संकलन गरी रहेको छ। यस सन्दर्भमा नेपाल सरकारको प्रयासलाई थप सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय समुदाय, गैर-आवासीय नेपाली संघ, नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, समाजसेवी तथा सहयोग गर्न इच्छुक अन्य महानुभावहरू सबैलाई उक्त कोषमा सक्दो आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं। 

सो कोषको देहायअनुसारका बैंक खाताहरूमा स्वदेश तथा विदेशबाट UPI, Card Payment Link एवम् SWIFT Code मार्फत सहयोग रकम पठाउन सकिने व्यहोरा समेत अनुरोध छ।

 

संयुक्त राष्‍ट्रसंघका लागि नेपालको स्थायी नियोग,

न्यूयोर्क।